दमक । झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कन्काई नगरपालिका–३ एकान्त टोलमा मे.१ त ७८३१ नम्बरको ट्याक्टरले रोकी रहेको मे.१ ह ६९६० नम्बरको अटोलाई शुक्रबार बिहान ठक्कर दिँदा अटोमा सवार सोही नगरपालिका–३ बस्ने ३४ वर्षीया कमला नेपालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सवारी साधन र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाको छ ।