April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मेयरको गाडी बेचेर रोलर किन्ने धरान उपमहानगरपालिकाको निर्णय

2K

विराटनगर । धरान उपमहानगरपालिकाले मेयर चढ्न किनेको गाडी बिक्री गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिकाको बैठकले मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय गरेको हो ।

मेयर हर्क साम्पाङले मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए । उनले भने, ‘धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ । नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निर्णय भएको हो ।’

मेयर निर्वाचित भए पनि साम्पाङ प्रायः आफ्नो मोटरसाइकल प्रयोग गर्छन् । धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका छन् ।

Advertisement

गाडी बिक्रीका लागि कानुनी प्रक्रिया पूरा गर्ने काम सुरु भएको मेयरको सचिवालयले जनाएको छ ।