November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्न अर्थमन्त्रीको विषयमा उछालियो: प्रचण्ड

2.3K

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्न अर्थमन्त्रीको विषयमा उछालिएको बताएका छन् । आजको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले शर्माले मन्त्री पदबाट राजीनामा दिएर षडयन्त्र गर्नेहरुलाई जवाफ दिएको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ । नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो । त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ । यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्छ ।’

आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । संसदमा राजीनामा दिएको घोषणा गर्दै उनले बजेट प्रकरणमा छानविनका लागि बनाइएको संसदीय समितिलाई सहयोग गर्ने बताएका थिए ।

Advertisement