काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवर र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटवार्तामा भारतमा काम गर्ने नेपालीको कामदारको सुरक्षाका विषयमा छलफल भएको छ ।
भेटमा मन्त्रीले भारतसँग नेपालको बषौंदेखिको सामाजिक, पारष्परिक सम्बन्ध रहेकाले आगामि दिनमा पनि यस्को निरन्तरताको अपेक्षा गरेका थिए । साथै उहाँले भारतले अहिलेसम्म नेपालाई गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । मन्त्री कुँवरले भारतमा काम गर्न जाने नेपालीका समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नु पर्ने बताएका भने भारतीय राजदुत श्रीवास्तवले नेपाललाई भारतले विभिन्न क्षेत्रबाट वर्षौदेखि सहयोग गर्दै आएको बताए । उनले भारतमा रहेका कामदारको सुरक्षाका लागि भारतीय सरकारले केही योजना बनाएर काम गरिरहेको पनि बताए ।
भेटमा एक अर्काबीच मायाको चिनो पनि आदान प्रदान गरिएको छ ।