November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बबरमहलमा कार दुर्घटना हुँदा तीन जना घाइते

1.8K

काठमाडौं । बबरमहलमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् ।

घाइतेहरुको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । घाइते मध्ये गिरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

Advertisement