दमक । झापामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । कचनकवल गाउँपालिका–४ नयाँबस्तीस्थित माछा पोखरीमा सोही ठाउँ बस्ने भिम बहादुर लिम्बुका छोरा ११ वर्षीय रिसान लिम्बुको बिहीबार दिउँसो मृत्यु भएको हो ।
प्रहरीका अनुसार खेल्ने क्रममा रिसान उक्त पोखरीमा डुबेका थिए । प्रहरी र स्थानीयले उनको उद्धार गरी पब्लिक केयर अस्पताल बनियानी पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।