पाँचथर । पाँचथरको हिलिहाँङ गाउँपालिका ७ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक हिलिहाङ ४ का ३६ बर्षीय रमेश योङया रहेको प्रहरीले बताएको छ ।
योङयालाई शुक्रबार बिहान साढे ८ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत एक्चेपाको भिरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीले उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।