April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए युके राज्य समन्वय परिषद आयरल्यान्डले नयाँ आएका विद्यार्थीसँग भेटघाट कार्यक्रम गर्ने

2.1K

लन्डन । गैरआवासीय नेपाली संघ युके राज्य समन्वय परिषद नर्दन आयरल्याण्डले नेपालबाट अध्ययनका लागि नर्दन आयरल्याण्डमा आएका विद्यार्थीहरुकोसँग भेटघाट गर्ने कार्यक्रम राखेको छ ।

उक्त कार्यक्रममा विद्यार्थीका समस्या वा सम्भावनाका विषयमा छलफल गर्ने र नवआगन्तुक नेपालीहरुको विषयमा आवधिक जानकारी राख्ने कार्यक्रम बनाएको राज्य समन्वय परिषद नर्दन आयरल्यान्डका अध्यक्ष बल बहादुर थापाले जानकारी दिएका छन् ।

परिषद्ले उपलब्ध गराएको फाराम भरी जानकारी उपलब्ध गराई सहयोग गर्न पनि अध्यक्ष थापाले अनुरोध गरेका छन्

Advertisement