लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) ले जुन अन्तिमसम्म २५ देशमा एनसीसी गठन गर्ने निर्णय गरेको छ । गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा बसेको पदाधिकारहरुको बैठकले जुन २०२२ सम्म २५ वटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) गठन गर्ने निर्णय गरेको हो ।
हालसम्म मध्यपूर्वको साउदी अरब र अमेरिकाको क्यानडामा एनआरएनए एनसीसी गठन भएका छन् । युरोपको क्रोयसियामा पहिला नै एनसीसी गठन भएता पनि यसै हप्ता मान्यता प्रदान गरिने भएको छ । कतिपय देशमा भने अध्यावधिक रहेका एनआरएनए एनसीसीहरुले साझेदारी सहकार्यमा काम गर्न तयार भएका छन् ।
अब युरोपमा ९ भन्दा धेरै एनसीसी तयारी अवस्थामा छन् । मध्यपूर्वमा र अफ्रिकामा ६, एशियामा ६, अमेरिकामा २, ओसीयानियामा २ गरि २५ भन्दा धेरै एनसीसीहरु बन्ने भएका हुन् ।
त्यसैगरी जुनमा अमेरिका क्षेत्रको जुम ¥याली, जुलाईमा मध्यपूर्व र अगष्टमा युरोप क्षेत्रका क्षेत्रीय स्तरमा बैठकहरु आयोजना हुने भएका छन् । सेप्टेम्बर २०२२ सम्म ३० देखि ४० देशमा एनआरएनए एनसीसी बनाउने योजना तय भएको छ । यसका साथै अक्टुवर २०२२ मा काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्ने साथै अन्य विषयमा पनि निर्णय भएको छ ।