दाङ । सिकार खेल्न जाँदा गोली लागेर देउखुरीमा एक शिकारीको मृत्यु भएको छ । मृत्यू हुनेमा लमही नगरपालिका १ बसन्तपुरका २३ वर्षीय भागबहादुर पुन मगर रहेका छन् ।
बंगलाचुली गाउँपालिका ८ र लमही नगरपालिका १ को बीचमा पर्ने रानीखुट्टीको जंगलमा शुक्रबार राति अवैध रुपमा सिकार खेल्न गैरहेका सिकारीमध्ये जंगलमा हिँडिरहेको बेला साथीले बोकेको बन्दुक पड्किएर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उनको मृत्यु पुनको घाँटीमा गोली लागेको छ ।
घटनास्थलबाट चारवटा भरुवा बन्दुकसहित चार जना सिकारीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए । जंगलमा हिँड्दा रुखको लहरोले तानेर बन्दुक पड्केपछि पुनको ज्यान गएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए ।
पक्राउ परेकालाई जिल्ला प्रहरीमा ल्याउन थालेको र घटनाबारे विस्तृत अनुसन्धान गर्न बााकी रहेको प्रहरीले जनाएको छ ।