लन्डन । नेपाल सरकारका शिक्षामन्त्री देवेन्द्र पौडेल बेलायतको लन्डनमा आइपुगेका छन् । शैक्षिक विश्व मञ्चमा सहभागी हुन मन्त्री पौडेल शनिबार राति लन्डन आइपुगेका हुन् ।
मे २२ आइतबारदेखि सुरु विश्वका करिब १०० मुलुकका शिक्षामन्त्रीहरू, गैससंका पदाधिकारीहरू र शिक्षाविद्हरू सहभागी हुने लन्डनस् एजुकेसन वर्ल्ड फोरम(ईडब्लुफ) चार दिनको हुनेछ । सम्मेलनमा सीमित स्रोतका बावजुद कसरी शिक्षाको पहुँचमा सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।
मन्त्री पौडेललाई हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गरेकी थिइन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका पौडेललाई पार्टीको प्रवास सङ्गठन नेपाली जनप्रगतिशील मञ्च यूकेका पदाधिकारीहरूले पनि स्वागत गरेको महासचिव विमला लिम्बुले जनाइन् ।