काठमाडौं । धनुषाको सबैला नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कारीराम यादव र उपमेयरमा रहिमा खातुन निर्वाचित भएकी हुन् ।
निर्वाचित यादवले ४२१२ मत ल्याएर नेपाली काँग्रेसका प्रतिद्वन्द्वी उम्मेदवार जगतसुन्दर शाह मधुपले ४०७६ मत ल्याए । त्यस्तै उपमेयरमा निर्वाचित खातुनले ४६९९ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी किरणकुमारी कापरले ३६०४ मत ल्याइन् । उनलाई खातुनले १०९५ मतले पराजित गरेकी छन् ।