April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए यूकेद्धारा ‘धम्कीपूर्ण’ पत्रको अवज्ञाः पञ्जिकृत सदस्यहरुको म्याण्डेटबिना केन्द्रलाई पैसा नपठाउने संकेत

3.8K

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनएको कुल-आचार्य-नेतृत्वको आइसीसीलाई एक पत्र पठाएको छ । संघले गत मे २० मा पठाएको पत्रमा अध्यक्ष कुल आचार्यलाई सम्बोधन गर्दै विभिन्न विषयहरुउपर ध्यानाकर्षण गराएको छ ।

विशेष गरी केही समययता निकै चर्चामा रहेको राष्ट्रिय समन्वय परिषद (एनसीसी) यूकेले गत बर्ष २०२१ को अधिवेशन र निर्वाचनमा उठेको झण्डै ४३ हजार पाउण्ड सदस्यता शुल्क केन्द्रमा बुझाउने सम्बन्धमा उक्त पत्र केन्द्रित छ ।

पत्रमा गैर-आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद यूकेको तर्फबाट केन्द्रलाई पठाउने सदस्यताबापतको लेभी रकम गैर-आवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२२) को अनुसूची ८ को ट अनुसार संम्झौता गरी यथाशीघ्र पठाउने जानकारी गराइएको छ ।

Advertisement

त्यस्तै, केही समयअघि सन्तोष भटटराईद्धारा एनआरएनए यूकेलाई पठाइएको एक इमेलको बारेमा पनि संघले आफ्नो स्पष्टोक्ति दिएको छ । भनिएको छ, “केन्द्रलाई सदस्यताबापतको रकम बुझाउने सम्बन्धका कार्यसमितिले यति सुस्पष्ट निर्णय गरेको अवस्थामा यो निर्णयलाई औपचारिक रुपमा केन्द्रलाई जानकारी गराउनुपूर्व युरोप संयोजक सन्तोष भट्टराईका नाममा एनसीसी यूकेको उक्त निर्णय विपरीत र असम्बन्धित विषयहरुमा निर्देशनसहितको एक आदेशपत्र प्राप्त भएको छ । … क्षेत्रीय उपसंयोजकहरु तथा आईसीसी सचिवालयका पदाधिकारीहरुको कुनै सन्दर्भ .रिफरेन्सं प्रयोग भएको छैन । पत्रको भाषा शैलीका आधारमा यो पत्रलाई आईसीसीको कार्यसमिति वा सचिवालयको आधिकारिक पत्राचार भन्दा पनि गैर-आवासीय नेपाली संघभित्रको एउटा पक्षले गैर–आवासीय नेपाली संघ बेलायतलाई बदनाम गर्न असान्दर्भिक निर्देशन र आदेश दिएर तुजुक देखाएको रुपमा बुझेका छौं। अतः भट्टराईको यो पत्रलाई हामी अस्वीकार गर्दछौ ।”

पत्र जस्ताको तस्तैः