November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार विजयी

2K

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्याय निर्वाचित भएका छन् ।

मेयर श्रेष्ठले एमालेका मेयर पदका उम्मेदवार धिरज शर्मा बस्याललाई ५१ सय ७१ को फराकिलो मतान्तरले पराजित गरे । श्रेष्ठले १८ हजार ४८९ मत ल्याउँदा शर्माले १३ हजार ३२७ मत ल्याएका छन् ।

उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार तारा रानालाई ७ सय ८५ मतान्तरले पराजित गर्दै उपाध्याय निर्वाचित भए । उपाध्यायको १४ हजार ५९५ र रानाको १३ हजार ८१० मत आएको छ ।

Advertisement

१६ वडा रहेको नगरपालिकामा २ वटा वडा एमालेले जितेको छ । नेपाली काँग्रेसले ११, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले एक–एक वटा वडाको वडाध्यक्ष जितेका छन् ।

८ पालिका रहेको जिल्लामा पाल्हीनन्दन गाउँपालिकाको मात्र परिणाम आउन बाँकी छ ।