November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

धादिङको नीलकण्ठ नगरपालिका–१ र बेनीघाट–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी

2.1K

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर–१ र बेनीघाट वडा नम्बर–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।

नीलकण्ठ–१ को वडा अध्यक्षमा माओवादीका गणेश गुरुङले ६५५ मत ल्याउँदै विजयी भएका हुन । उनको निकटम प्रतिद्वन्दी एमालेका मानबहादुर तामाङले ४६५ र काँग्रेसका भुपाल गुरुङले ९० मत ल्याएका थिए ।

नीलकण्ठ–१ बाट पालिका अध्यक्षतर्फ गठबन्धन रुखले ४२६ मत, सुर्यले ३३८ मत, उपप्रमुखमा गठबन्धन हसिया हथौडा ५४१ मत, सुर्य ३६२ मत, गुलाव१९० मत प्राप्त गरेको छ ।

Advertisement

यस्तै बेनीघाट रोराङ २ को अध्यक्षमा एमालेका विष्नु थपालिका र कांग्रेका ठाकुर मैनालीलाई हराउदै माओवादी केन्द्रका उम्मेदवार हेम भुजेल विजयी भएका छन् ।

अध्यक्षका लागि माओवादीका भुजेलले १०३२ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्दी एमालेका थपालिकाले ८६७ मत ल्याएका थिए ।