काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनमा जित–हार सामान्य र स्वभाविक प्रक्रिया भएको बताएका छन् ।
शुक्रबार चितवनको भरतपुरमा मतदान गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रचण्डले जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुने मानसिकताले राम्रो काम नगर्ने बताएका हुन् ।
उनले नागरिकले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनुपर्ने धारणा राख्दै आफूले बाल्यकाल बिताएको स्थानमै मत हाल्न पाउँदा खुसी लागेको पनि बताए ।