April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कुल आचार्य समूहका एनआरएनए प्रवक्ताहरु पदीय मर्यादा विपरीत चुनाव प्रचारप्रसारमा

3.9K

लण्डन । कुल आचार्य समूहको गैर-आवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ताहरु पदीय मर्यादा विपरीत स्थानीय निर्वाचनमा खटिएका छन् । एनआरएनए प्रवक्ताद्धय शिव कुमार वरुवाल र सोम सापकोटा संघको विधान र नियमावली विपरित आआफ्नो पार्टीको झण्डा बोकेर चुनावमा होमिएका हुन् ।

वरुवाल संघको १०औं महाविधेशनपछि गण्डकी प्रदेशमा खटिएका छन् । उनले आफ्नो फेसबुक टाइमलाइनमार्फत एमालेले गण्डकी प्रदेशका सबै पालिकामा जित्ने दाबी समेत गरेका छन् ।

यस्तै अर्का प्रवक्ता सोपकोटा चितवनमा नेपाली काँग्रेसको पक्षमा चुनावी प्रचारमा जुटेका छन् । गैर-आवासीय नेपाली संघको विधानले संघका पदाधिकारीहरुलाई सक्रिय राजनीति गर्न बन्देज लगाएको छ । उनीहरु गत १०औं महाधिवेशनमा भागबण्डाको आधारमा प्रवक्तामा चयन भएका हुन् ।

Advertisement