काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) सिरहाले रामचन्द्र ठाकुरसहित १५ जनालाई पार्टीबाट निष्कासन गरेको छ । बागी उम्मेदवारलाई सहयोग गरेको भन्दै जिल्ला समन्यव समिति सिरहाका सभापति ठाकुरसहित १५ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको हो ।
कर्जन्हा नगरपालिकामा माओावादीले निवर्तमान मेयर गंगा पासवानलाई आधिकारीक उम्मेदवार बनाएपछि युगेश्वरप्रसाद राउतले बागी उम्मेदवारी दिएका थिए । उनलाई सहयोग गरेको आरोपमा १५ जनालाई पार्टीबाट निष्कासन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जिल्ला समन्वय समितिका सभापति ठाकुर, मेयरका बागी उम्मेदवार राउत, रामअवतार राई, शक्ति लामा, दिलीप नायक, रामनरेश राउत, जयराम साह, रामभरोस यादव, ओमप्रकाश महतो, केदार कोइराला, शुभनारायण महतो, चन्द्रदीप महतो, ललिता लामा, भरत महतो र श्याम लामालगायत कारबाहीमा परेका छन् ।