November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

इनारमा खसेका युवकको शव तीन दिनपछि मात्रै निकालियो

2K

दाङ । इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका एक युवकको शव तीन दिनपछि निकालिएको छ ।

शनिबार बिहान इनार खन्ने क्रममा भत्किँदा पुरिएका तुलसीपुर १७ जमेराका २४ वर्षीय हरि चौधरीको शव तीन दिनपछि मात्रै निकालिएको हो ।
उनलाई मंगलबार बिहान मात्रै एक्स्काभेटरको सहायताले मंगलबार निकालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनी ४० फिट गहिरो इनारमा पुरिएका थिए ।

Advertisement