November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

स्पेनिस ला लिगा फुटबल: एथ्लेटिको मड्रिडको जित

3.7K

काठमाडौं– लिग लिडर एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले इल्चेलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

एथ्लेटिको मड्रिडको जितमा लुइस स्वारेजले दुई गोल गर्दा डिएगो कोस्टाले एक गोल थपे। इल्चेका लुकास बोयले एक गोल फर्काए। खेलको ४१ औं मिनेटमा स्वारेजले गोल गर्दै एथ्लेटिको मड्रिडलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाए।

खेलको ५८ औं मिनेटमा स्वारेजले नै अर्को गोल गरेपछि एथ्लेटिको मड्रिड २–० गोलले अघि रह्यो। तर ६४ औं मिनेटमा लुकासले गोल गरेपछि इल्चेले २–१ को स्थिति बनाएको थियो। ८० औं मिनेटमा पेनाल्टीबाट डिएगो कोस्टाले गोल गरेपछि एथ्लेटिको मड्रिडले ३–१ गोलको जित निकालेको हो।

Advertisement

स्पेनस ला लिगा मै भएको अर्को खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकिएको छ। आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले बराबरी खेल्दै अंक बाँड्न पुगेको हो। २९ औं मिनेटमा माउक्टर डिखाबीले गोल गर्दै भ्यालेन्सियालाई १–० गोलको अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम समयमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलाेनालाई १–१ गोलको बराबरीमा पुर्‍याए। पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल नै खाएपछि २–२ गोलको बराबरीमा खेल टुंगिएको हो।