November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एनआरएनएको कार्यवाहक अध्यक्षको जिम्मेवारी भोमा लिम्बुलाई

8.4K

काठमाडौं । एनआरएनएका उपाध्यक्ष श्री भोमा लिम्बुले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी छन् । अहिले नेपाल बाहिर रहेका अध्यक्ष बिनोद कुँवरले आफ्नो अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी लिम्बुलाई सुम्पिएका हुन् ।

अध्यक्ष कुँवरले उपाध्यक्ष लिम्बुलाई कार्यवाहक अध्यक्षको रुपमा कार्य गर्न इमेल मार्फत जिम्मेवारी दिएको जनाइएको छ । एनआरएनएको इतिहासमा लिम्बु पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन् ।

अध्यक्ष श्री बिनोद कुँवर हाल विशेष कारणले नेपाल बाहिर रहेकाले आफ्नो अनुपस्थितिमा गैर–आवासीय नेपाली संघका दैनिक क्रियाकलापको संचालनार्थ कार्यसमितिका उपाध्यक्ष श्री भोमा लिम्बुलाई मिति ३० मार्च २०२२ देखि लागु हुने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन् । श्री भोमा लिम्बु हाल नेपालमा एनआरएनएको कार्यक्रमहरुमा निकै व्यस्त छन् ।

Advertisement