April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गैर–आवासीय नेपाली संघको सल्लाहकारमा १४ जना मनोनित (नाम सहित)

2.5K

लन्डन । गैर–आवासीय नेपाली संघको सल्लाहकारमा १४ जना मनोनित भएका छन् । अन्तराष्ट्रिय समन्वय परिषदको १०औं महाधिवेशनबाट निर्वाचित नेतृत्वको मार्च २९, २०२२ मा बसेको दोश्रो बैठकले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त १४ जनालाई सल्लाहकारमा मनोनित गरेको हो ।

संघकी महासचिव जानकी गुरुङद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख भएअनुसार डा गणेश गुरुङ (नेपाल), सोनाम लामा (युएसए), रन्जु वाग्ले थापा (अष्ट्रिेलिया), परु श्रेष्ठ, पासाङ लामा शेर्पा (युएसए), डम्बर घले (युके), याम कुमारा गुरुङ ‘त्रिलोक’ (हङ्कङ), श्याम तामाङ (नेपाल), गंगाराज राई (साउथ कोरिया), एसी शेर्पा (युएसए), योगेन क्षत्री (युके), अरुण श्रेष्ठ (जापान), धरान केसी (साउदी अरेबिया) र राज श्रेष्ठ (पपुवा न्यु गिनी) रहेका छन् ।

सल्लाहाकारमा मनोनित गर्न पाउँदा गौरव लागेको विज्ञप्तीमा उल्लेख छ । ‘उहाँहरुले गैर–आवासीय नेपाली संघमा पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै सल्लाहकारमा मनोनित गर्न पाउँदा हामी अत्यन्तै गौरवान्दित भएका छौं । आगामी दिनमा यहाँहरुबाट अझ बढी सल्लाह, सुझाव र मार्ग निर्देशन हुने कुरामा हामी विश्वस्त छौं।’, विज्ञप्तिमा उल्लेख छ ।

Advertisement