April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनएमा सामुहिक नेतृत्व प्रणालीमा जाने सहमति

2.6K

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए)मा सामुहिक नेतृत्व प्रणालीमा जाने सहमति भएको छ । आगामी २४ र २५ मार्चमा हुने १०औं महाधिवेशनमा विधान संशोधन गरि एनआरएनएमा अब तीन जना अध्यक्षात्मक लागु गरि सामुहिक नेतृत्वमा जाने सहमति भएको हो ।

मंगलबार बिहान संघको कार्यालय बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित प्रस्तावित तीन अध्यक्षहरु डा. बद्री केसी, कुल आचार्य र रवीना थापाले सहमति भएअनुसार विधान सशोधन प्रस्ताब महाधिवेशनमा लगिने छ ।

त्यस्तै, अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)महाधिवेशन मार्फत निर्वाचन प्रक्रियाभित्र नपरेका एनआरएनए अभियन्ताहरुलाई नेतृत्वमा लगिने बताइन्छ । पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले सरकार र परराष्ट्र मन्त्रालयसँग समन्वय गरि संघ अघि बढ्न तयार रहेको बताएका छन् ।

Advertisement

तीन जना प्रस्तावित अध्यक्षका उम्मेदवारहरुले संस्था बचाउन सहमति बाध्यतात्मक भएको दावी गर्दै एक भएर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । तर विवाद कसरी अन्त्य भयो भन्ने बारेमा भने तीनै जनाले स्पष्ट जवाफ दिएनन् ।