November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एनआरएन स्कटल्याण्ड राज्य परिषदद्धारा नेपाली राजदुतको स्वागत तथा स्थानीय जनचासोका विषयमा छलफल

6K

लन्डन । एनआरएन स्कटल्याण्डका प्रतिनिधिहरुले बेलायतका लागि नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई स्वागत तथा कार्यक्रकालको शुभकामना दिएका छन् । प्रतिनिधिहरुले यहि मार्च १५, २०२२ का दिन लन्डन स्थित नेपाली दूतावासमा एक विशेष भेट गरि राजदुतलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै राजदुत आचार्यले यती टाढाबाट आएकोमा धन्यवाद प्रकट गर्नुका साथै सिमित स्रोतसाधनको बावजुत पनि बेलायतवासी आम नेपालीहरुको पहुँच दूतावाससम्म पुर्याउने र हरेक क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, राज्य परिषद्का अध्यक्ष काशिराम भन्डारीले स्कटल्यान्डवासी नेपालीको समस्या र जनचासोका बारेमा कुरा राख्दा पुर्व राजदुत लोकदर्शन रेग्मीले स्कटल्यान्डमा आबधिक घुम्ति सेवा दिने कुरालाई निरन्तरता हुनुपर्ने कुरा राखेका थिए ।

Advertisement

उक्त भेटघाट कार्यक्रममा उपनियोग प्रमुख श्रीमती रोसन खनालले नयाँ पासपोर्ट लगायत सो सम्बन्धी अन्य कार्यमा आवश्यक पर्ने नयाँ प्रविधिले गर्दा अलि ढिला भएको तर यसै बर्षको मे २१ र २२ का दिन स्कटल्यान्डमा घुम्ति सेवा उपलब्ध गराउने कर्यक्रम रहेको जानकारी गराए ।

राजदुतको स्वागत तथा स्थानीय जनचासोका विषयमा छलफल कार्यक्रम पछि सामुहिक तस्विर खिचाउदै सहभागिहरू ।

उक्त भेटघाट कार्यक्रममा नियोग उपप्रमुख श्री रामबाबु नेपालको पनि सहभागिता रहेको थियो । भेटघाटका क्रममा उनले गत ऋइद्य द्दट विश्व सम्मेलनका बेला प्रधानमन्त्रीको स्कटल्याण्ड भ्रमण सफल बनाउन एनरएनए स्कटल्यान्ड राज्य परिषद् र व्यक्तिगत रुपमा अध्यक्ष भन्डारीले गरेको सहयोगलाई उच्च प्रसंशा गरेका थिए । छलफलको क्रममा परिषद्का उपाध्यक्ष उज्वल कार्कीले नेपालबाट युके सिधै हवाई मार्ग जोड्न पाए कोभिडले थलिएको नेपाली अर्थतन्त्रमा ठुलो मद्दत पुग्ने र अरु धेरै क्षेत्रमा पनि ढोका खुल्ने कुरा राखेका थिए । यसैक्रममा उनले स्कटल्यान्डवासी नेपालीहरू राजदुतलाई स्कटल्यान्डमा स्वागत गर्न इच्छुक रहेको यथार्थ व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने क्रममा प्रतिनिधि मन्डलमा सभागि परिषद्की कोषाधक्ष्य श्रीमती शर्मिला भन्डारीले दूतावासमार्फत स्कटल्यान्डमा सन्चालन गरिने जुनसुकै कार्यक्रममा पूर्ण सहयोग र सहभागिता हुने बतएकी थिइन् । परिषद्का प्रतिनिधिहरुले आफूले गरेका कृयाकलापको जानकारी गराउने क्रममा केहिदिन अघि मात्र अध्यक्ष भन्डारी स्वयम् आफै पोल्यान्ड गएर युक्रेन र रसिया युद्धको चपेटामा परि विस्थापित भएका नेपालिहरुलाई स्कटल्याण्ड राज्य परिषदको तर्फबाट आर्थिक सहयोग घ्घण्ण्ण् पाउन्ड उपलब्ध गराएको कुरा जानकारी गराएका थिए ।

कार्यक्रमको अन्त्यमा राजदुत तथा नियोग प्रमुख उपप्रमुखलाई खादा तथा उपहारले स्वागत गरिएको थियो ।