लण्डन । गैर–आवासीय नेपाली सघं अमेरिका क्षेत्रका क्षेत्रीय सयोंजक राजन त्रिपाठीले आफुले आशन्न एनआरएनको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
त्रिपाठीले पछिल्लो समय एनआरएन ईगो र प्रतिशोधको भावनाले फुटको स्थितिमा पुगेको भन्दै यस्तो अवस्थामा जित्नु र हार्नुको कुनै औचित्य नरहेकाले आगामी निर्वाचनमा कुनै पनि पदमा उम्मेदवारी नदिने बताएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले प्रवासमा रहेका सबै विचार, वर्ग र समुदायको प्रतिनिधित्व गर्ने एक मात्र साझा संस्था भएपनि पछिल्लो समय एनआरएनमा गुट र फुटले विभाजनको स्थिति निम्ताएको बताएका छन् ।
उनले उम्मेदवारी नदिएको बताउँदै फुटको यो अवस्थामा कुनैपनि पद र समुहमा नरहने समेत स्पष्ट पारेका छन् । त्रिपाठीले एनआरएनलाई फुटबाट जोगाई एकाताबद्द राख्न, पद र व्यक्तिगत आकांक्षा भन्दा माथी उठेर संस्थापक, अग्रज तथा सम्पूर्ण जिम्मेवार नेतृत्वले भूमिका निभाउन पनि आग्रह गरेका छन् ।