November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गरिब र असहायका लागि घर बनाउँदै एलिजा

4.2K

काठमाडौँ – २ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘अनुराग’ बाट अभिनेत्रीको रुपमा आफ्नो परिचय बनाएकी एलिजा गौतमले सामाजिक कार्यलाई निरन्तरता दिने भएकी छन् । उनले सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनबाट दुर्गम र विकटका गरिब, असहायहरुका लागि घर निर्माण गर्ने भएकी छन् । बुधवार फेसबुकमा स्टाटस लेख्दै उनले यसबारेमा जानकारी गराएका हुन् ।

उनले लेखेकी छन्, ‘छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु । यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं ।’ यो घोषणासँगै पहिलो चरणको काम धादिङबाट सुरु हुने उनले बताएकी छन् ।

एलिजाले गएको असारमा सिन्धुपाल्चोक बाह्रविसेस्थित नापुजे, भीरखर्क र नेवाल टोलमा बाढी पहिरोका कारण प्रभावितहरुलाई लत्ता-कपडा र खाद्यन्न सहयोग गरेकी थिइन् । उनले विभिन्न समयमा आर्थिक अभावले समस्यामा रहेकाहरुलाई पनि सहयोग गर्दै आएकी छन् । उनले दशैंअघि काठमाडौंको खुल्लामञ्चमा भोकाहरुलाई खाना खुवाउन पनि आर्थिक सहयोग गरेकी थिइन् ।

Advertisement

चलचित्र ‘अनुराग’ पछि नयाँ चलचित्रमा नदेखिएकी अभिनेत्री एलिजा गौतमले लकडाउनयता दुई दर्जनको आसपासमा म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । उनले लकडाउन आफ्नो लागि सुनौलो अवसर बनेर आएको बताउने गरेकी छन् । पहिलो चलचित्र बनाउन आफूले हतार गरेको स्वीकार गर्ने उनी अब केही समय बाहिरी ब्यानरका चलचित्रमा काम गर्ने सोचमा देखिएकी छन् ।