लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनमा जयप्रकाश गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । एनआरएनए पुर्व आइसीसी सदस्य गुरुङले बिहीबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
सामाजिक अभियन्ता तथा अन्तरराष्ट्रिय ग्लोबल गोर्खा समाजका पुर्व अध्यक्ष गुरुङ लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय छन् । गुरुङ पुर्व गोर्खाहरुको समान पेन्सन, नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएन लगानी लगयातका एजेन्डासहित उपाध्यक्ष पदमा बेलायतबाट उम्मेदवारी दर्ता गरेका छन् ।
आगामी कार्यकालको लागि हुन लागेको संघको निर्वाचनको लागि आफ्नो उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।