April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

अस्ट्रेलियामा सचेतनामूलक कार्यक्रम आयोजना हुने

२०७८ फाल्गुन २५

4.5K

सिड्नी । एनआरएनए न्यू साउथ वेल्स राज्य परिषदले सचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ । अस्ट्रेलियामा रहेका विद्यार्थीहरुले भोग्नुपर्ने समस्या तथा निराकरणका लागि सचेतनामूलक कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमको सहजीकरण अस्ट्रेलिया स्थित नेपाली दुतावास, परामर्शदाता कम्पनी र अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी (एक्का)लगायतका संघ संस्थाले गरेका छन् ।

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा आएका नयाँ विद्यार्थीहरु र पुराना विद्यार्थीहरुलाई लक्षित गरी यही १२ मार्च सिविक थिएटर हर्स्भिभल मा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अष्ट्रेलियामा नयाँ आउने विद्यार्थीहरूका लागि अवसर, चुनौती विषयमा जानकारीमूलक प्रशिक्षण रहनेछ ।

Advertisement

उक्त कार्यक्रममा अष्ट्रेलियास्थित विभिन्न सघंसंस्थाका प्रतिनिधि तथा विज्ञहरुले अस्ट्रेलियामा रहेका समस्याहरु भईपरिका बारेमा जानकारी दिनेछन् ।

कार्यक्रममा राहदानी, भिसा र एनआरएन परिचयपत्र लगायतका सबै प्रकारका कागजातहरु सम्बन्धी जानकारी गराउने भएकाले कार्यक्रम उपलब्धि र निकै महत्वपूर्ण भएको भन्दै कार्यक्रममा उपस्थिती जनाउन आयोजकले आह्वान गरेको छ ।