काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) बोर्डले श्रीलंकासँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको छ।
एमसीसी बोर्डको १५ डिसेम्बरमा बसेको बैठकले यस्तो निर्णय गरेको श्रीलंकाको अंग्रेजी पत्रिका डेली मिररले जनाएको छ। यसको औपचारिक घोषणा हुन बाँकी रहेको समाचारमा उल्लेख छ। यो हप्ता बसेको एमसीसीको बोर्ड बैठकमा श्रीलंका सम्बन्धी एजेण्डा राखिएको थियो।
यस अघिको सरकारले सन् २०१९ को राष्ट्रपतीय चुनाव अघि ४८० मिलियन बराबरको सम्झौता लिने घोषणा गरेको थियो। तर नयाँ बनेको सरकारले त्यसलाई निरन्तरता नदिने अडान लिएपछि बोर्डले यस्तो निर्णय गरेको हो।
नवनिर्वाचित राष्ट्रपति गोतबया राजपाक्षेले सम्झौता अघि नबढाउने निर्णय गरेको डेली मिररले उल्लेख गरेको छ। श्रीलंकाले भूमि व्यवस्थापन र यातायात प्रणालीमा सुधारको लागि अनुदान लिने निर्णय गरेको थियो।