काठमाडौं । भारतीय अभिनेता सलमान खान र सैफ अली खानको मित्रता फिल्म हम साथ–साथ हेको क्रममा देखिएको थियो । तर, बीचमा नै सलमानलाई एक्लै छाडेर सैफ होटलबाट फर्किएका थिए ।
करीब २२ वर्षअघि उक्त फिल्मको शुटिङ चलिरहेको थियो । फिल्ममा सलमानका साथै सैफ अली खान, तब्बू, सोनाली बेन्द्रे र नीलम पनि थिए । यसै क्रममा सलमानमाथि कालो हरिणको शिकार गरेको आरोप लागेको थियो ।
इन्डिया टुडेका अनुसार हरिणको शिकारपछि सबै कलाकार आफ्नो होटल फिर्ता आएका थिए । अनुसन्धानको क्रममा प्रहरी होटल पुगेको थियो र पाँचै आरोपीलाई पक्राउ गरेको थियो । पक्राउपछि उनीहरुमाथि सोधपुछ पनि गरिएको थियो ।