November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

वडाध्यक्ष नवराज कार्कीको निधनमा सार्वजनिक बिदा

२०७८ फाल्गुन १५

3.2K

सुर्खेत । भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिका भर सार्वजनिक बिदा दिइएको छ । गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका वडाध्यक्षप्रति शोक वक्तव्य जारी गर्दै नगरपालिकाले आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो ।

यही फागुन ८ गते वडा कार्यालयबाट नगरपालिकाको बैठकमा सहभागी हुन आउँदै गरेको अवस्थामा भेरीगङ्गा –१२ सुर्खेतस्थित राजीगाउँमा उनी सवार भे ६ प ४४०१ नंको मोटरसाइकललाई नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नंको फोर्स गाडीले ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परी उपचारका क्रममा काठमाडौँस्थित बाँसबारी न्यूरो अस्पतालमा शुक्रबार राति वडाध्यक्ष कार्कीको मृत्यु भएको थियो ।

Advertisement

३० वर्षीय वडाध्यक्ष कार्की विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । विसं २०४८ मा जन्मिएका उनी सुर्खेत जिल्लाकै सबैभन्दा कान्छा वडाध्यक्षका रूपमा परिचित थिए ।