April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

युरोपमा आइटी कक्षाहरु निशुल्क सञ्चालनमा

२०७८ फाल्गुन ११

6.9K

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीका पुर्व अध्यक्ष डा. नवराज रोस्याराले जर्मनी र युरोपमा बस्ने वालवालिकाहरूका लागि निःशुल्क आइटी अनलाईन कक्षाहरू सुरु गरेका छन् । आइटी इञ्जिनियहरुसंगको परामर्श तथा एनआरएनए जर्मनी महिला विभाग र बालबालिका तथा भाषा कोर्डिनेटर मिरा अधिकारीसंगको सहकार्यमा उनले उक्त आइटी कक्षाहरु सञ्चालनमा ल्याएका हुन् ।

कक्षा हरेक शनिवार युरोप समयअनुसार बिहान ९ बजे, अर्थात नेपाली समय अनुसार मध्यान्नको १ः४५ देखि सुरु हुने जनाइएको छ । पूर्व अध्यक्ष रोस्यारा आफैं उक्त आइटी कक्षाको शिक्षक रहेका छन् । गणीतमा पीएचडी गरेका रोस्याराले युरोपमा बस्ने वालवालिकाहरूका लागि निशुल्क आइटी शिक्षाको क्लासहरू लिएर सहयोग गरिरहेका छन् ।

कक्षा १२ वर्ष देखि माथिका बालबालिकाहरुलाई लक्षित गरि संचालन गरिएको भाषा कक्षाका लागि विद्यार्थीहरुले शुल्क तिर्नु पर्दैन ।

Advertisement

आइटी तथा भाषा कक्षा लिन इच्छुक अन्य देशका बालबालिकाहरु पनि सहभागि बनुन् भन्ने उदेश्यले यो अभियान सुरु गरेको डा. रोस्याराले नेपाल मामिलालाई बताए । जूम मार्फत लिन सकिने उक्त कक्षाहरुमा सहभागी हुन https://nrna.eu/student/create मा गएर दर्ता गर्न पर्ने हुन्छ ।