काठमाडौँ – बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्स आफ्नो तेस्रो खेलमा एडिलेड स्ट्राइकर्ससँग ५ विकेटले पराजित भएको छ ।
आफ्नो तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको होबार्ट हुरिकेन्सले पुरै २० ओभर पनि खेल्न सकेन । होबार्ट हुरिकेन्स १९.३ ओभरमा १४६ रन बनाएर अलआउट हुन पुगेको थियो । होबार्टका लागि बने म्याकडर्मोट र कोलिन इनग्रामले सर्वाधिक ४६/४६ रन बनाएका थिए । एडिलेडका लागि पटिर सिडेलले उत्कृष्ट बलिङ्ग गदैँ ३.३ ओभरमा १६ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका थिए ।
होबार्टले दिएको १४७ रनको लक्ष्य एडिलेडले १८.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । एडिलेडका लागि जेक वेथरल्डले ६८ र कप्तान एलेक्स क्यारीले ५५ रन बनाएका थिए । होबार्टका लागि बलिङ्गमा नेथन एलिसले सर्वाधिक २ विकेट लिएका थिए ।