November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जनप्रगतिशील मञ्च युरोपद्वारा “२७औं जनयुद्ध दिवस बिशेष कार्यक्रम” सम्पन्न

4.2K

नेपाली जनप्रगतिशील मञ्च युरोपले आईतबार १३ फ्रेब्रुअरीका दिन “२७औं जनयुद्ध दिवस बिशेष कार्यक्रम” भब्यरुपमा सम्पन्न गरेको छ । भर्चुअल जुममार्फत आयोजित कार्यक्रममा युरोपभर रहेका मञ्चका राष्ट्रिय समितिहरुको सहभागिता रहेको थियो ।

नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा प्रमुख अतिथि र सचिव टिबि पाठक अतिथि रहेका कार्यक्रमको अध्यक्षता नेपाली जनप्रगतिशील मञ्च युरोपको अध्यक्ष सुरेन्द्र भुसालले गरेका थिए भने कार्यक्रम संचालन मंचका सचिव रन खातीले गरेका थिए भने मंचका प्रवक्ता सागर पोख्रेलले शुभकामना तथा स्वागत मन्तव्य राखेका थिए।

प्रमुख अतिथि शर्माले उनले जनयुद्धले नै आज संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताजस्ता उपलब्धी प्राप्त भएको र देशमा रोजगारी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा आमूल परिवर्तन आएको बताए । उनले जनयुद्ध पश्चात शान्ति प्रकृयामा आएपछि माओवादी पार्टीले गरेका गल्ती तथा कमिकमजोरीको आत्मसमीक्षा गर्दै व्यापक सुधार गरिरहेको बताउदै पार्टीमा आवद्ध सबै सदस्यहरुले राष्ट्रका लागि योगदान
पुर्याउन तल्लिन रहनुपर्ने बताए । उनले युरोपमै बसेर पनि नेपालका गाउँघरमा जागरण ल्याउन तथा परिवर्तनका लागि र माओवादी पार्टीको शसक्तिकरणका लागि सशक्त भूमिका निभाउन सबैलाई आग्रह गरे ।

Advertisement

अर्का अतिथि पाठकले जनयुद्धमा सामेल भएर शहागत प्राप्त गर्ने शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्ध दिवसको बारेमा गहन चर्चा गरेका थिए ।

शुभकामना मन्तब्यको क्रममा नेपाली जनप्रगतिशील मञ्च बेलायतका महासचिव बिमला लिम्बु, डेनमार्कका संगठन बिभाग प्रमुख उदयराज गौतम, स्पेनका पूर्वमहासचिव गंगा भुषाल, पोर्चुगल अध्यक्ष दावा लामा, बेल्जियमका इन्चार्ज जीतबहादुर लामा, पोर्चुगलका पूर्वअध्यक्ष राजेन्द्र गौतम, बेल्जियमबाट कल्पना मगर, दुर्गाप्रसाद सुबेदी, दिल्ली भण्डारी, निर्मला बजगाई, सुकमान लामा, मनिष गुरुङ लगायत सबै वक्ताहरुले महान सहिदहरु प्रति सम्मान सहित श्रद्धान्जली व्यक्त गर्दै , जनयुद्धले दिलाएको ऐतिहासिक उपलब्धीको सम्मान र प्रवर्धन गर्नु पर्ने साथै गुमेका सबैको सम्मान गर्दै जनयुद्दको उद्देश्यमा अडिग रहन जरुरि रहेको कुरा व्यक्त गरे। शुभकामना दिदैं गर्दा जनयुद्दका अग्रज नेतृत्व पंक्तिको बिभाजन र जन्योद्धाहरुको उचित ब्यबस्थान नभएकोमा सबै दुखित बनेका थिए।

युकेबाट उपाध्यक्ष शेरसिङ ठकुरी, सचिव तथा प्रचारप्रसार तथा मिडिया बिभाग संयोजक बिनय बुढाथोकी, कृष्ण खनाल, स्वित्जर्ल्यांडबाट युबराज फुयाल, फ्रान्सबाट सुमन पौडेल, जर्मनीबाट गोबिन्द भण्डारी, इटलीबाट रामशरण ढकाल, डेनमार्कबाट महेन्द्र खड्का, महेस खाती तथा नेदरल्याण्ड्सबाट संघर्ष केसीले जनयुद्धको सार्थकता र वर्तमान अवस्थामा माओवादी पार्टीले निभाउनुपर्ने भूमिकाको बारेमा चर्चा गरेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च यूरोपका संयोजक तथा अध्यक्ष सुरेन्द्र भुसालले फागुन १ गते जनयुद्ध सुरुवात भएको विशेष दिन भएको स्मरण गराउदै मञ्चका विभिन्न राष्ट्रिय समितिहरूले देशप्रति चासो तथा चेतना जगाउदै केन्द्रलाई झक्झकाउन आग्रह गर्दै कार्यक्रममा सहभागी सम्पुर्णलाई आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।