November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

विवाहमा नाच्दानाच्दै खोल्सामा झरेर मृत्यु

1.9K

पाल्पा । पाल्पामा विवाहमा नाच्दानाच्दै लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको माथागढी गाउँपालिका–७, मौलाथर टोलका टलराज नेपाली रहेका छन् ।

गएराती सोही वडाको धनुवा टोलका कृष्णबहादुर रानाकी छोरीको विवाह भोजमा नाचगान र निकै रमाइलो चलिरहेको थियो । पालैपालो नाच्ने क्रममा नेपाली पनि नाच्न थाले । नाच्दै जाने क्रममा उनी अचानक ढलेर अन्दाजी ७ मिटर थल खोल्सामा खसे पछि उनको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार ४० वर्षीय नेपालीलाई तल खोल्साबाट उठाई माथि नाच्ने ठाउँमा ल्याएर सुताएकोमा उनको शनिवार बिहान मृत्यु भएको हो । शनिवार बिहान हेर्दा निजको मृत्यु भइसकेको भनी खबर प्राप्त हुन साथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा घटना स्थलमा पुगेर अनुसन्धान गरिएको प्रहरीले बताए ।

Advertisement