झापा । झापाको मेचीनगर (१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी झापाका अनुसार झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको छ भने बाँकी दुईवटा दमकल आइरहेको छ ।
आगो निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको प्रहरीले बताए ।