November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मारुती भ्यान र टिपर ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु

2.4K

चितवन । भरतपुरमा सडक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोस्थित सडकमा बा.११ च ५७८८ नम्बरको मारुती भ्यान लु.२ ख १७०१ नम्बरको टिपरमा ठक्कर खाई दुर्घटना हुँदा भ्यानमा सवार २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा धादिङ गल्छी गाउँपालिका–१ बस्ने ३६ वर्षीया निशा वली र उनकै छोरा ९ वर्षीय निमेश ढुङ्गाना रहेका छन् । घाइते भएका उनीहरूलाई उद्धार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरतर्फ पठाउने क्रममा निमेशको बाटोमै र निशाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मारुती चालक ३५ वर्षीय राजकुमार ढुङगाना सहित एकै परिवारका ४ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका चालक र उनकी सासु ५८ वर्षीय धिर माया वलीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।