November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बस अनियन्त्रित भई सडकमा पल्टिँदा ३५ जना घाइते

1.9K

बर्दियामा बस अनियन्त्रित भई सडकमा पल्टिँदा ३५ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये २० जना पुरुष र १५ जना महिला रहेका छन् । गम्भीर रहेका २ जनालाई उपचारका लागि कोहलपुर अस्पतालमा पठाइएको छ भने अन्य घाइतेहरूको  स्थानीय कौशिल्या अस्पताल बासगढीमा उपचार भइरहेको छ ।

बिहिवार कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बर्दियाको बासगढी नगरपालिका– ३ पूर्व–पश्चिम राजमार्गको सडकमा आफै पल्टिएको हो ।

Advertisement

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।