November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पोर्चुगलमा एक नेपाली युवक झुन्डिएको अवस्थामा फेला

2.6K

लन्डन । पोर्चुगलमा एक नेपाली युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । केही वर्षदेखि पोर्कुगलमा बसोबास गर्दै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका तर्कराज भट्ट बिहीबार रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

पोर्चुगलको आल्बुफेरामा बस्दै आएका ३८ वर्षीय भट्टको शव उनी बसोबास गरेको घरभन्दा केही टाढाको रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

कृषि फार्ममा काम गर्दै आएका भट्टको शव पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको जनाइएको छ ।

Advertisement

उनका एक छोरा र श्रीमती छन् ।