November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

2.1K

सर्लाही । सर्लाही जिल्लाको दक्षिण क्षेत्र गोडैतामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवी रहेकी छन् ।

बुधबार साँझ आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आगोले शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मलंगवा पु¥याईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गएराति साँढे ११ बजे मृत्यु भएको मृतक बृद्धाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।

Advertisement