April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

प्रधानमन्त्री शेरबहादुर देउवाले नरेन्द्र मोदीसँग गुजरातमा भेटवार्ता गर्ने

1.6K

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गुजरातमा भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवा भ्रमणका लािग २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री देउवाले भ्रमणको दोस्रो दिन २६ पुसमा ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यही दिन उनले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् । गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुनकै लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई निम्तो दिएका हुन् ।

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले यही साता देउवाको भारत भ्रमणको मिति र कार्यक्रम एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् ।

Advertisement

प्रधानमन्त्री देउवा सानो आकारको प्रतिनिधिमण्डलसहित २५ पुसमा नयाँ दिल्ली ट्रान्जिट भएर अपराह्न गुजरात पुग्नेछन् ।