लन्डन । बिहीवार बेलायतमा कोरोना भाइरस संक्रमण सुरु भएदेखिकै यता सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका छन् । बेलायतमा वितेको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८९ हजार २१३ जना संक्रमित भेटिएका हुन् ।
बिहीबार कोरोनाका कारण ३३२ जनाको ज्यान गएको छ भने अहिलेसम्म बेलायतमा १ करोड २७ लाख भन्दा बढी संक्रमित पाइएका छन् ।
अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण कम्तीमा पनि १ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरु बताउछन् ।
त्यस्तै, पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ । संक्रमण बढ्दै गएपछि बेलायत सरकारले सतर्कता अपनाउन आग्रह गर्नुका साथै कतिपय सार्वजनिक कार्यमा प्रतिबन्ध लगाएको छ ।
ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो छ ।