November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि सन्तोष साहको पोल्टामा

4.2K

लन्डन । बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले जितेका छन् । सोमबार बीबीसी वानमा साँझ प्रसारित फाइनलमा सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिन्दै जित हात पारेका हुन् ।

विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टलाई पुनः अवसर दिँदै गराइएको सो प्रतिस्पर्धामा शाहले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेँडाको चट्नी, कटहर पोलेको, मालपुवा, बुनियाजस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए ।

प्रतिस्पर्धामा सन् २०१७ का फाइनलिष्ट जेमी पार्क र सन २०२० का फाइनलिस्ट सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली सहभागी थिए । साहले भविष्यमा सेन्टर लण्डनमा नेपाली परिकारका खानासहितको रेष्टुरेन्ट खोल्ने घोषणा गरेका छन् ।

Advertisement

सिरहाका ३४ वर्षीय सन्तोष साहले नेपालका विभिन्न भेग तथा जातजातिका मौलिक खाना तथा मसलाको अध्ययन गरेर ‘आयला’ नामको पुस्तकसमेत प्रकाशन गरेका छन् ।