मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । दक्षिण अफ्रिकाबाट नोभेम्बर १९ मा मलेसिया आएका विदेशी नागरिकमा नयाँ भेरियन्टको संक्रमण भेटिएको पुष्टि भएको हो ।
विदेशी नागरिकमा नयाँ भेरियन्टको संक्रमण भेटिएको पुष्टि गरेतापनि ओमिक्रोनबाट संक्रमित व्यक्ति कुन देशका नागरिक हुन् भन्ने विषयमा भने त्यहाँको स्वास्थ्य मन्त्रालयले खुलाएको छैन । संक्रमित व्यक्ति दक्षिण अफ्रिकाबाट सिंगापूर हुँदै मलेसिया गएको टाईम्स अफ ईन्डियामा समाचार छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ भेरियन्ट खतरनाक रहेको भन्दै सचेत रहन सबै देशलाई अपील गरेको छ ।
अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट अभिकांश देशमा पुगिसकेको छ । विभिन्न देशहरुले बाह्य उडानहरु धमाधम रद्द गर्न थालेका छन् भने विदेशी यात्रुहरुलाई आवगमनमा रोक लगाइरहेका छन् ।