November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राप्ती र नारायणी टिम गौतम बुद्ध कपको फाइनलमा प्रवेश

4.3K

चितवन- राप्ती र नारायणी टिम गौतम बुद्ध कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। आइतबार भएको पहिलो खेलमा बागमती टिमलाई पराजित गरेसँगै राप्ती फाइनलमा पुगेको हो।पहिलो खेलमा नारायणी टिमसँग सुपरओभरमा पराजित भएको बागमती टिम भने आफ्नो दोस्रो खेलमा पनि पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

राप्तीसँग बागमती ११ रनले पराजित भएको हो। १३० रनको १३० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बागमतीले १९.४ ओभरमा सबै विकेटको क्षतिमा बागमतीले ११८ रन मात्रै बनाउन सक्यो। बागमतीका लागि सोमपाल कामीले २८ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३५ रन बनाए। त्यस्तै, अनिल शाहले २२, कप्तान ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले समान १३–१३ रन बनाए। सुनिल धमलाले ११ रन बनाउँदा पवन सर्राफले १० रन मात्रै बनाए। बलिङतर्फ राप्तीका जितेन्द्र मुखिया, कमलसिंह ऐरी, बसन्त कार्की र अविनाश बोहराले समान २–२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रन बनाएपछि बागमतीले सामान्य लक्ष्य पाएको थियो। भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा ब्याटिङ थालेको राप्तीको सुरुवात राम्रो हुन सकेन। ५ रन हुँदा कुशल भुर्तेल ब्यक्तिगत तीन रनमा आउट भएका थिए। त्यसपछि अमित श्रेष्ठसँग मिलेर शरद भेषावकरले ४० रनको साझेदारी गर्दै टिमलाई उकास्न खोजेका थिए। तर दोस्रो विकेटको रुपमा शरद २१ रनमा आउट भएपछि राप्ती थप दबाबमा आएको थियो।

Advertisement

त्यसपछि ब्याटिङ गर्न आएका कप्तान विनोद भण्डारीले अमितसँग मिलेर टिमको ७४ रन बनाउँदा कप्तान विनोद २१ रनमा आउट भए। अमित पनि २६ रनमा आउट भएपछि राप्तीको विकेट पतन सुरु भयो। त्यसपछि आएका कमलसिंह ऐरीले १६, लोकेश बलमे १५, जितेन्द्र मुखियाले ९ र अविनाश बोहराले सात रन बनाए। बलिङतर्फ बागमतीका सोमपाल कामी, सागर ढकाल र राशिद खानले समान २–२ विकेट लिए।

लिग चरणको अन्तिम खेलमा राप्तीले नारायणीसँग सोमबार प्रतिस्पर्धा गर्नेछ।