April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

भारतको ७३औं गणतन्त्र दिवसको समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा

2.8K

काठमाडौं । भारतले ७३औं गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ । भारतले देउवासहित बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र वा सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउने तयारी गरेको हो । भारतले जनवरी

भारतीय सञ्चार माध्यमहरूका अनुसार गणतन्त्र दिवसमा आयोजना हुने मुख्य परेडको अतिथिका लागि प्रधानमन्त्री देउवासहित बिमस्टेक देशका नेताहरुसँग सम्पर्क गरिएको छ । भारतीय विदेश मन्त्रालयले सबै देशलाई कार्यक्रममा सहभागी हुन समय उपलब्ध हुने वा नहुने भन्ने विषयमा कूटनीतिक च्यानलबाट सम्पर्क गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

सबै देशका नेताबाट कार्यक्रममा सहभागी हुने निश्चित भएपछि मात्रै भारतले अतिथिको सूची सार्वजनिक गर्नेछ । यसअघि नेपालबाट सन् १९५१ मा राजा त्रिभुवन र सन् १९९९ मा राजा विरेन्द्र गणतन्त्र दिवसको प्रमुख अतिथि बनाइएको थियो ।

Advertisement

भारतले २६ मा गणतन्त्र दिवस मनाउने गरेको छ ।