April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

धनकुटामा १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती सम्पन्न

२०७८ कार्तिक २६

2.2K

धनकुटा । धनकुटा विश्व शान्ती मानव एकता तथा सत्य र अहिंसाको प्रतिपादक समाजका सम्बाहक, किराँत धर्मको पथप्रदर्शक, समाज सुधारक , दर्शनदाता तथा नेपालको १६औँ राष्ट्रिय विभूति मुहिगुम अङ्सी फाल्गुनन्द लिङदेनको १३७औँ जन्मजयन्ती धनकुटाको चौविसे गाउँपालिका वडा नं. ८ देउराली आइतबारेमा विभिन्न खेलकुदका साथमा सम्पन्न भएको छ ।

फाल्गुनन्द जन्मजयन्तीको अवसरमा आयोजित भलिबल खेल प्रतियोगितामा चौविसे गाउँपालिका वडा नम्बर ८ भरिका विभिन्न टोलका टोल स्तरीय खेलाडीहरू सहभागी थिए । उक्त खेलमा प्रथम भन्ज्याङ भलिबल समुह, द्दितीय आइतबारे भलिबल समुह र तृतीय फुवारक भलिबल समुहले विजय हासिल गरेका थिए । प्रथम, द्दितीय, तृतीय हुने समुहलाई आकर्षक नगद पुरस्कार प्रदान गरिएको थियो ।

‘१६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्मजयन्ती सफल पारौँ’ ‘मुहिगुङ अङ्सी फाल्गुनन्द लिङ्देन अम्मर रहुन’, ‘मुहिगुम अङसिमाङ आत्मानन्द लिङ्देन सेइङ चिरायुरहुन’, ‘मुहिगुम अङ्सिमामाङ साम्बा पबित्रहाङ्मा लिङदेन सेइङ चिरायु रहुन्’, ‘किरात धर्मको जय’, ‘सम्पूर्ण धर्मावलम्बिहरु एक हौँ’, ‘किराँत हाङ्साम साम्यो तियाहा’ जस्ता नाराहरुले कार्यक्रमको माहोल तातिएको थियो भने उपस्थित सम्पूर्ण किराँत धर्म अनुयायीहरुले महागुरुको तस्बीरमा माल्यार्पण गरेर फाल्गुनन्द प्रती श्रद्दा व्यक्त गरेका थिए ।

Advertisement

महागुरु फाल्गुनन्दको जन्मजयन्ती यश ठाउँमा पहिलो चोटि सन्चालन गरिए पनि आगामी दिनहरुमा यश ठाउँमा हरेक बर्षको जाग्रत टीका पूर्णिमाको बेलामा खेलकुदको साथ लगाइन, टीका पूर्णे मेलाको साटोमा यस पर्वलाई राष्ट्रिय पर्वको रुपमा प्रत्येक बर्ष मनाउने र विभिन्न कार्यक्रमहरुका साथ दिपावली मान्ने मनाउनेमा सबै एकजुट हुने कार्यक्रम सन्चालक एवम बक्ताहरुले अवगत गराएका थिए ।
पर्यटन, विकास सँगै सामाजिक धार्मिक र साँस्कृतिक चेतको विकास गर्न मौलिक विशेषतायुक्त कार्यको थालनी गर्न आवश्यक ठानी जो जहाँ रहन्छ त्यहीँ यस्ता किसिमका कार्यहरू गर्नु र गराउनु पर्दछ भन्ने हेतुले सुरुवात गरिएको वक्ताहरुले बताए ।

त्यस्तै, विश्वको विभिन्न क्षेत्रमा विश्वव्यापी रुपमा मनाइने फाल्गुनन्द जयन्ती पछिल्लो चरणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्वको रुपमा सगौरवका साथ मान्दै मनाउदै आएकोमा यश पर्वमा विशेष गरि फाल्गुनन्द मिङ्सो माङहिम मोरङ केराबारी –७ मुगु, भरौल सुनसरी माङहिम, लेटाङ मोरङ माङहिम लगायतका ठाउँहरुमा वर्तमान गुरु अङसिमाङ आत्मानन्द लिङ्देन सेइङ र गुरुआमा अङसिमाङ साम्बा पबित्रहाङमा लिङ्देन सेइङहरुको आगमनमा विशिष्ट तरिकाले केन्द्रीय स्तरीय कार्यक्रमहरु सम्पन्न भएका छन् ।

नयाँ अनलाइनबाट साभार