काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार भारतीय अधिकारीहरुसँग भेटवार्ता गरेका छन् । उनले भारतका रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका हुन् ।
नेपाली सेनाको विज्ञप्ति अनुसार उक्त शिष्टाचार भेट पश्चात आज नै प्रधान सेनापति महारथी शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमण समेत गरेका छन् ।
उक्त अवसरमा उनलाई सम्मानित समेत गरिएको थियो । शर्माले सन २०१३ मा उक्त कलेजबाट नेशनल डिफेन्स कोर्स गरेका थिए ।