भारत । मध्यप्रदेशको राजधानी भोपालस्थित हमीदिया अस्पताल परिसरमा रहेको कमला नेहरु चिकित्सालयमा सोमबार आगलागी हुँदा ४ बालबालिकाको मृत्यु भएको छ ।
ज्यान गुमाएकाका परिवारलाई चार÷चार लाख रुपैयाँ राहत दिने त्यहाँको प्रदेश सरकारले घोषणा गरेको छ ।
स्थानीय संचारमाध्यमका अनुसार अस्पतालमा रहेका ४० बालबालिकामध्ये ३६ जनाको सकुशल उद्धार गरिएको छ ।
यस्तै घटनाबारे थप अनुसन्धान गर्न मुख्यमन्त्री शिवराज सिंह चौहानले निर्देशन दिएका छन् ।