November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एनआरएनए अष्ट्रियाको भब्य तिहार देउसी भैलो कार्यक्रम २०७८

२०७८ कार्तिक २२

17K

मनि थेबे, भियना।

एनआरएनए अष्ट्रियाले राजधानी भियनामा भब्य रुपमा लक्ष्मी पूजा तथा देउसी भैलो कार्यक्रम आयोजना गरि अष्ट्रियामा पहिलो पल्ट घर घरमा गएर देउसी खेल्ने कार्यक्रमको शुरुवात समेत गरेको छ।
कार्यसमिति सदस्य जपन राईको संयोजकत्वमा सम्पन्न कार्यक्रमको देउसी नृत्य तर्फको संयोजन महिला संयोजक प्रतिभा कार्की द्वारा गरिएको थियो। तिहारमा देउसी खेल्ने नेपाली परम्परा अनुसार अष्ट्रियामा ज्येष्ठ गैर आवासीय नेपाली तथा नेपाली संस्था ”आना” अध्यक्ष हरि कुमार राणाको घर, नेसास अष्ट्रिया अध्यक्ष मन्जु खड्काको घर र भियनामा पुरानो तथा स्थापित नेपाली रेस्टुरेन्ट याक एण्ड यतिमा एनआरएनए अष्ट्रियाको टोलिले विधिवत रुपमा देउसी खेल्ने कार्य सम्पन्न गरेको थियो।

Advertisement


याक एण्ड यति रेस्टुरेन्टमा उपस्थित पाहुनाहरुलाई नेपालीहरुको चाड ”तिहार” बारे बताउँदै देउसी खेल्ने दौरानमा सबैले तालिले स्वागत गर्नुको साथै उत्सुकता र रोचक मान्दै देउसी खेलमा साथ् दिएका थिए। नृत्य गर्ने कलाकारहरु महिला संयोजक स्वयम् , देउसी भैलो कार्यक्रम २०७८ संयोजक जपन राई , बाल कलाकारहरु निहारिका खड्का र बेला खड्का थिए।
सोहि साँझ माइडलिङ्ग स्थित हलमा सबै नेपालीहरुको निम्ति जमघट तथा लक्ष्मी पूजा कार्यक्रमको व्यवस्था गरिएको थियो। उक्त कार्यक्रममा नेपाली राजदुतावास भियना प्रतिनिधि योव राज लामा , नेसास अष्ट्रिया अध्यक्ष मन्जु खड्का , नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रिया अध्यक्ष स्वेता बज्राचार्य, स्पोर्ट क्लव भियना सगरमाथा उपाध्यक्ष लक्ष्मण भुजेलको विशेष उपस्थिति रहेको थियो भने एनआरएनए अष्ट्रियाका पधाधिकारीहरु लगायत गैर आवासीय नेपालीहरुको भब्य उपस्थिति रहेको थियो। कार्यसमिति सदस्य सन्तोष भेटवाल द्वारा मिठो भाकामा देउसी भैलो भट्याउँदा सबैले भरपुर मनोरन्जन गरेका थिए। कार्यक्रममा उपस्थित सबैले धेरै रमाईलो भएको र मातृभूमि नेपालमा नै भए झैं अनुभूति भएको प्रतिकृय व्यक्त गरेका थिए।


एनआरएनए क्षेत्रीय समन्वय परिषद साल्ज्वर्गले पनि एनआरएनए अष्ट्रिया अध्यक्ष भवानी तिवारीको प्रमुख आतिथ्यतामा भब्यरुपमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ। क्षेत्रीय समन्वय परिषद साल्ज्वर्ग अध्यक्ष शिव खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अष्ट्रियाको बिभिन्न क्षेत्रबाट नेपालीहरु साथै अष्ट्रीयन नागरिकहरुको पनि बाकुलो उपस्थिति रहेको थियो। कार्यक्रममा देउसी नृत्य र साल्ज्वर्ग नेपाली ब्याण्डको प्रस्तुतिमा उपस्थित सबैले नाचेर भरपुर मनोरन्जन गरेका थिए।

अष्ट्रियामा ज्येष्ठ नेपाली हरि कुमार राणाको घरमा